
शुक्रवार , मंसिर २३, २०७९
भैरहवा, २३ मंसिर ।
शहीद जितेन्द्र–मणी स्मृति प्रतिष्ठान, लुम्बिनीको आयोजनामा शुक्रबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै भीम अस्पताल परिसरमा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएको र संकलित रगत नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक केशव कुंवरले बताए ।
प्रतिष्ठानका उपाध्यक्ष नारायण बहादुर हमालको अध्यक्षता तथा सचिव मनिष कुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही मन्त्री आर मोहम्मद खान, हरि प्रसाद सापकोटा, भीम अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेन, प्रतिष्ठानका कार्यसमिति सदस्यहरुको लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले शहीद परिवार, गरीब, असहाय बालबालिकाहरुलाई शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको सचिव मनिष कुमार जोशीले बताए । उनले विगतमा पनि प्रतिष्ठानले सामूदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण, कोभिडमा शव व्यवस्थापनको भुमिका निर्वाह गर्दै आएको जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij