२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

शुक्रवार , मंसिर २३, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २३ मंसिर ।
    नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

    एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

    निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ । न्युज कारखाना