२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

एमालेले भोलिमात्रै समानुपातिक सांसदको टुंगो लगाउने

बिहिवार , मंसिर २२, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २२ मंसिर । 

    नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए । 

    नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । न्युज कारखाना