२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स क्लव लुम्बिनी क्रियटिभ लेडि द्वारा न्यानो कपडा बितरण

बिहिवार , मंसिर २२, २०७९

भैरहवा । लायन्स क्लव लुम्बिनी क्रियटिभ लेडिले सडक मानिसहरुका लागि न्यानो कपडा बितरण गरेको छ । 
सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सडकमै रात बिताउन बाध्य नागरिकहरुलाई न्यानो कपडा र खानेकुरा बितरण गरिएको क्लवका अध्यक्ष सविता तुलाधरले जानकारी दिईन् । 

क्लवले कम्मल, पि फम, खानेकुरा लगाएतका सामाग्री बितरण गरिएको क्लवका सस्थापक अध्यक्ष रचना क्षेत्रीले जानकारी दिईन । 
उनले १५ जनालाई पुग्ने गरी सामाग्री तयार गरेपनि हिजो बुधबार ५/७ जनालाई बितरण गरिएको र आज बिहिबार पनि बिभिन्न स्थानमा गएर बितरण गर्ने कार्यक्रम गरेको बताईन । 

सडकमा रात बिताउनेहरु मध्य कतिपय दिनभर कवाड लगाएतका काम गर्ने तथा कितपय वेवारिसे अबस्थाका रहेको सस्थापक अध्यक्ष क्षेत्रीले जानकारी दिईन । 

लायन्स क्लव ईन्टरनेश्नल ३२५ पी सर्भिस एरिया चिफ संगम न्यौपाने, लायन्स क्रियटिभ लेडिकी पुर्व अध्यक्ष देवि न्यौपाने लगाएतले सामाग्री बितरण गरेका थिए ।  न्यानो कपडा पाएपछि चिसो मौसममा रात बिताउन बाध्य ती नागरिकहरुले निकै खुसी व्यक्त गरेका थिए।