२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

तिलोत्तमा मेलामा कुस्ती प्रतियोगितमा शुरु

बिहिवार , मंसिर २२, २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि  कुस्ती प्रतियोगिता शुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगित मंसिर २३ गतेसम्म चल्नेछ । कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी कुल २१ जना पहलमानले भाग लिएका छन् । 

यसैबीच बुधबार चर्चित गायक गायिका खुमन अधिकारी, उज्जवल गिरी, मन्जु भट्टराई, श्रीधर अधिकारी, बिनोद विस्ट तथा सोनी डान्स ग्रुपका कलाकारले भरपुर मनोरन्जन दिलाएको मेला मुल आयोजक समिति संयोजक प्रेम जीएमले जानकारी दिए । उनका अनुसार कलाकार प्रिती आलेको संयोजनमा नाइट डान्स कन्र्सट पनि भयो । 

मेलामा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढ्दै गएको सहआयोजक तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेको उनले बताए ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलामा मंगलबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता  रहेको आयोजकले बताएका छन् । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।