२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मंगलवार , मंसिर २०, २०७९

रुपन्देही, २० मंसिर ।  रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।