images

शनिवार, बैशाख १५ गते २०८१

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • ‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी
    फाइल तस्विर

    काठमाडौं, १९ मंसिर । आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । एकीकृत समाजवादीले  उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने  लगभग निश्चित भएको हो । 

    images

    सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij