images

बिहिवार, बैशाख १३ गते २०८१

प्रदेश राजधानी सार्न भूमिका खेलेका एमाले सांसदको दोहोर चरित्र

प्रदेश राजधानी सार्न भूमिका खेलेका एमाले सांसदको दोहोर चरित्र

संसदमा ह्वीप लगाएर राजनीतिक बेईमानी गरेका एमाले सांसदले अहिले मन्त्रालय नसार्न भन्दै बक्तव्य जारी गर्नु नौटङकी मात्र 

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • प्रदेश राजधानी सार्न भूमिका खेलेका एमाले सांसदको दोहोर चरित्र

    भैरहवा। कामचलाउ अबस्थामा रहेको लुम्बिनी प्रदेश सरकार प्रदेश अस्थायि मुकाम बुटबलबाट मन्त्रालयहरु दाङ सार्न हात धोएर लागेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदको पहिलो बैठक दाङमा गर्ने गरी मन्त्रालयहरु सार्न निर्देशन दिएपछि राजनीतिक बृतमा तरङ छाएको छ।

    images

    कामचलाउ सरकारले सरकार सञ्चालनका नियमित कार्य बाहेक अन्य महत्वपुर्ण कार्य र निर्णय गर्न नपाइने संबैधानिक व्यवस्था भएपनि लुम्बिनी प्रदेश सरकारले भने पुर्वाधार निर्माण बिना नै भट्टाभट मन्त्रालय सार्ने लगाएतका काममा तललीन बनेको छ।

    अर्को तर्फ प्रदेश राजधानी बुटवलबाट सार्नका लागि सबैभन्दा बढी भुमिका निर्वाह गरेका नेकपा एमालेबाट निर्वाचित तत्कालीन सांसद र सरकारमा सहभागि मन्त्रीले अहिले प्रदेश राजधानी र मन्त्रालय दाङ नसार्न भन्दै रमिता शुरु गरेका छन्।

    रुपन्देहीबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित तत्कालिन सांसदहरु भुमिश्वर ढकाल, लिला गिरी, तुलसीप्रसाद चौधरी तथा नेकपा एमाले रुपन्देहीका तत्कालिन अध्यक्ष शिवराज सुवेदीले राजधानी बुटवलबाट सार्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

    संसदमा नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालले आफ्ना पार्टीका सांसदहरूलाई उर्दी जारी गरे, रुपन्देहीका सबै सांसदले यहावाट राजधानी दाङ सार्ने पक्षमा मतदान गरौँ, अन्यथा पार्टीले कारबाही गर्ने छ। उनको उर्दीपछि त्यतीबेला नेकपा सहित सरकारमा सहभागि दलका सांसद र पश्चिम क्षेत्रका अन्य सांसदले प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने बिषयमा मतदान गरेका थिए।

    एमाले सांसद भोजप्रसाद श्रेष्ठले भने अन्तीम समयसम्म पनि प्रदेश राजधानी पुर्वाधार बिना सार्न नहुने अडानमा थिए। तर, उनको आवाज संसद तथा पार्टी भित्र कोहि सुनुवाई भएन। एमालेले प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्नका लागि ह्वीप लगाएको थियो। एमालेले ह्वीप लगाएपछि संसदको दुईतिहाईले प्रदेश राजधानी बुटवलबाट सार्ने निणर्य गरेका थियो। त्यतीबेला एमालेका नेता लिला गिरी मन्त्री थिए भने भुमिश्वर ढकाल नेकपाका संसदिय दलको प्रमुख सचेतक थिए।

    रुपन्देहीबाट जिताएका ती माननीयहरूले रुपन्देहीका जनताको भावना माथि नाङ्गो हस्तक्षेप गर्दै जनताको मतमाथि खेलबाड गरेका थिए। जनताको मत र अपेक्षा माथि प्रहार गर्दै रुपन्देहीवासीलाई धोका र चरम निरासा बनाएका एमालेका माननियले अहिले सरकारले प्रदेशका मन्त्रालय बुटवलबाट दाङ सार्न लागेपछि नसार्न भन्दै बक्तव्य जारी गरेका छन्।

    316444273_862391291562653_4613282755324729984_n (1).jpg
    प्रेस विज्ञप्ती

    प्रदेश राजधानी सार्न संसदमा ह्वीप लगाएर राजनीतिक बेईमानी गरेका एमाले सांसदले अहिले मन्त्रालय नसार्न भन्दै जारी गरेको बक्तव्यले उनीहरुको राजनीतिक बेईमानी चरित्रलाई झनै उदाङगो बनाईदिएको बिश्लेशकहरुको बुझाई छ।

    बरिष्ठ पत्रकार माधव नेपालका अनुसार प्रदेश राजधानीका बिषयमा एमाले सांसदहरुले गरेका बक्तव्यवाजी जनतामाथि गरेको नौटङकी र बईमानी मात्र भएको बताए। उनले एमाले महासचिव शंकर पोखरेलको हार हुनु र अब बन्ने सरकारको मुख्यमन्त्री रुपन्देही तथा यस क्षेत्रबाट बन्ने अबस्था आएमा जस लिनका लागि एमालेले नाटक मञ्चन गरेको बताए। जनतालाई आश्वासन बाँड्न माहिर एमाले सांसदहरुले यसलाई पनि त्यही रुपमा प्रयोग गरेको धेरैको बुझाई छ।

    भौतिक पुर्वाधान निर्माण बिना नै सरकारले बुटवलबाट राजधानी दाङ सार्न खोजेर प्रदेशलाई थप आर्थिक संकटमा पार्न खोजेको छ। पुर्वाधार तयार भएपछि राजधानी सार्ने गरी निर्णय भएपनि सरकारले थप आर्थिक भार थप्दै प्रदेश राजधानी सार्न खाजेपछि नेपाली कांग्रेस, राप्रपा लगाएतका दलले पुर्वाधान बिना प्रर्देश राजधानी नसार्न चेतावनी दिदै लुम्बिनी प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाएका छन्।

    नेपाली काँग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको हो। काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राजधानी सार्ने बिषयमा हतार नगर्न आग्रह गरे। उनले पूर्वाधार बिना राजधानी नसार्न आग्रह गर्दै भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन आग्रह गरे।

    उनले मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरे । 
    अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीँबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ ।
    कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणले आग्रह गरे ।

    यता राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देहीले लुम्बिनी प्रदेश अस्थायी मुकाम (राजधानी) बुटवलबाट सार्ने प्रदेशको काम चलाउ वर्तमान अस्थायी सरकारको सक्रियताप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    आइतबार एक विज्ञप्ती जारी गर्दै राप्रपा रुपन्देहीले राजधानी तोकिएको स्थानमा भौतिक पूर्वाधार समेत नरहेको अवस्थामा बिना कुनै तयारी हतारमा प्रदेश राजधानीको कार्यालयहरु सार्न खोज्नु गलत भन्दै उक्त निर्णयबाट पछि हट्न आग्रह गरेको छ।

    पार्टीका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘भर्खर सम्पन्न २०७९ को निर्वाचनबाट जननिर्वाचित सदन र सरकारले मात्र गर्नुपर्ने कार्यविपरीत निर्वाचित जनप्रतिनिधिको अधिकारमाथि हस्तक्षेप गरिएको छ। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij