images

शुक्रवार, चैत्र १६ गते २०८०

फरक क्षमता भएका बालबालिकाहरुको अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम

फरक क्षमता भएका बालबालिकाहरुको अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • फरक क्षमता भएका बालबालिकाहरुको अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम

    भैरहवा, १९ मंसिर ।
    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार भैरहवामा फरक क्षमता भएका बालबालिकाहरुको अधिकार एवं कानूनी प्रावधानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शुभ अवसर ग्राम नेपालको आयोजना, अमर ज्योति सुस्त मनस्थिति केन्द्र भैरहवा, नेपालको समन्वय तथा गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन, नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले फरक क्षमता भएका बालबालिकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताइन् । उनले अमर ज्योति सुस्त मनस्थिति केन्द्र (अमर ज्योति डे केयर सेन्टर) ले फरक क्षमता भएका बालबालिकाहरुलाई राम्रोसँग हेरचाह गरेको भन्दै प्रशंसा गरिन् । उनले भनिन्, ‘बालबालिकाहरुलाई स्थानीय सरकारले सहयोग गर्छ, मैले उपप्रमुखको जिम्मेवारी सम्हालिसकेपछि अपांगता तथा फरक क्षमता भएका बालबालिकाहरुको लागि केही गर्ने सोच बनाएको छु, आफ्नो कार्यकालमा विशेष काम गर्नेछु । ’उपप्रमुख अधिकारीले सिद्धार्थनगर नगरपालिकाबाट बजेट समेत बिनियोजन गर्ने बताइन् ।

    अमर ज्योति बोर्डिङ स्कूल सिद्धार्थनगर, रुपन्देहीकी प्रिन्सिपल सिस्टर एल.सी. जोनको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, शिक्षिका राधा रायमाझीको स्वागत तथा लाजिना देवकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाल इजलास रुपन्देही जिल्ला अदालतका सदस्य तथा जिल्ला बालकल्याण समिति रुपन्देहीका सदस्य अधिवक्ता सुनिल कुमार त्रिपाठीले नेपालमा बालबालिकाको कानूनी अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा अमर ज्योति डे केयर सेन्टरका कर्मचारी अशोक धवल र सिद्धार्थ श्रेष्ठ तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij