images

शुक्रवार, बैशाख ७ गते २०८१

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र

images
images
images
सोमवार, मंसिर १९ २०७९
सोमवार, मंसिर १९ २०७९
  • रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र

    काठमाडौं, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी  र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए । 

    images
    images
    images

    लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो । 

    लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।

    छानबिनका क्रममा लामिछानेको नागरिकता र राहदानी अवैध ठहरिए पार्टीको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, दलसम्बन्धी ऐनमा पार्टी सभापतिको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को व्यक्तिलाई सभापति चुन्न सक्ने व्यवस्था छ । यसो हुँदा दल खारेज हुँदैन । केन्द्रीय समितिबाट अर्को व्यक्ति सभापति बन्न सक्ने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij