images

शुक्रवार, बैशाख १४ गते २०८१

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

images
images
images
आइतवार, मंसिर १८ २०७९
आइतवार, मंसिर १८ २०७९
  • प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

    काठमाडौं, १८ मंसिर ।  ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ । 

    images

    आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेकाे एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।

    यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक-एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् । न्युज कारखाना

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij