images

शुक्रवार, बैशाख १४ गते २०८१

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली 

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली 

images
images
images
आइतवार, मंसिर १८ २०७९
आइतवार, मंसिर १८ २०७९
  • बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली 

    बुटवल, १८ मंसिर । 
    सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ । मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाई सही मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    images

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा बोल्ने वक्ताहरुले मिडियाले समाजका लागि थप योगदान गर्न आग्रह गरे ।

    साधारणसभाको उद्घाटन गर्दै गुल्मी क्षेत्र नम्बर १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले अब नेताका भाषण मात्रै देखाएर, उनीहरुका अन्तर्वार्ता मात्रै लिएर मिडिया नचल्ने दावी गरे । उनले जनताका समस्या, सामाजिक मुद्धा र विकास निर्माणमा भएका भ्रष्टाचारका कुरालाई बाहिर ल्याएर समाजलाइ सही मार्गमा डोर्याउनुपर्नेमा जोड दिए । नेता भण्डारीले जनताबाट चुनिएर गएका जनप्रतिनिधि पार्टी भन्दा माथि भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए ।

    रुपन्देही क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भोजप्रसाद श्रेष्ठले संविधानले दिएको प्रादेशिक स्वायत्ततालाई केन्द्रले अधिकार दिन नसक्दा प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकेको बताए । उनले रुपन्देहीमा रहेको प्रदेश राजधानीका संरचना हतारमा दाङ सार्न नहुने बताए ।

    प्रदेश सरकार जनताको नजिकको सरकार भए पनि प्रदेश सरकार अधिकारसम्पन्न नहुँदा जनताले चाहे जस्तो काम गर्न नसकेको बताए ।

    नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले राजनीतिक, प्रशासनिक संघीयता आए पनि वित्तीय संघीयता र सन्तुलनको अभावमा प्रदेशलाई ठीक ढंगले अघि बढ्न नसकेको बताए ।

    बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजनले जनताको सूसुचित हुने अधिकारलाई प्राथमिकता दिँदै आवाजविहिनहरुको आवाज बनेको बताए । उनले नेपालभरी प्रशारण भए तापनि टेलिभिजनले लुम्बिनी प्रदेशलाई कार्य क्षेत्रका रुपमा लिएर कार्यक्रम र समाचारलाई प्राथमिकता दिएको उल्लेख गरे ।

    अध्यक्ष ज्ञवालीले प्रदेशकै उत्कृष्ट टेलिभिजनका रुपमा बुद्ध सामुदायिक टेलिभिजनलाई स्थापित गर्न सफल भएको बताउँदै समावेशी सिद्धान्तहरुलाई आधार मानेर जनशक्ति उपलब्ध भएसम्म विभिन्न भाषाका कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको बताए । 

    साधारणसभामा टेलिभिजनका पूर्व अध्यक्ष बेन बहादुर पौडेल क्षेत्री, पृथबहादुर फौंदार, सल्लाहकार रामचन्द्र ढकाल, कानूनी सल्लाहकार प्राध्यापक डा. बुद्ध बहादुर थापा, उपाध्यक्ष गोपाल ज्ञवाली, संचालक सदस्य नारायण नागिला, टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्दै टेलिभिजनले सामाजिक उत्तरदायित्व अन्तर्गतको  अभियान चलाइरहेको भन्दै सफलताको कामना गरे । सो अवसरमा अध्यक्ष ज्ञवाली र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ ।

    बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली 

    यसैबीच शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

    मनोनयनमा दिएका निवर्तमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक डा. बुद्ध बहादुर थापाले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली, सचिवमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुण कुमार श्रेष्ठ, सह–सचिवमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल, दुर्गा नेपाल, रणबहादुर खनाल, रामबहादुर थापा, डोलराज बस्याल, घनश्याम तिवारी निर्वाचित भएको थापाले बताए । टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो । उद्घाटन सत्र नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।

    कार्यक्रममा सरोकारवाला व्यक्तिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी निकायका अधिकारीहरु, जनप्रतिनिधि, टेलिभिजनका संचालन सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।  त्यसै गरी पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा पृथबहादुर फौदार तथा प्र्रदीप उदय सदस्य रहेको  निर्देशन समिति समेत गठन भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij