images

बिहिवार, बैशाख १३ गते २०८१

भैरहवामा आइतबारदेखि अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता

भैरहवामा आइतबारदेखि अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता

images
images
images
शनिवार, मंसिर १७ २०७९
शनिवार, मंसिर १७ २०७९
  • भैरहवामा आइतबारदेखि अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता

    भैरहवा, १७ मंसिर ।

    images

    रुपन्देही क्रिकेट संघ भैरहवा, रुपन्देहीको आयोजनामा आइतबारदेखि भैरहवामा जिल्लास्तरीय अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ रंगशालामा मंसिर १८ देखि २४ गतेसम्म स्व. शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

    विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका १३ विद्यालयको सहभागीतामा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

    विद्यार्थीप्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर नै संघले सञ्चालन गर्दै आएको यो प्रतियोगिता कोभिड महामारीले रोकिए पनि अहिले निरन्तरता दिइएको अध्यक्ष हरि बहादुर थापाले बताए । उनले भने, ‘कक्षाकोठाको सिकाइ मात्रै नभइ विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि विकास गर्न आवश्यक हुन्छ ।’ प्रतियोगिता आयोजना गर्न करिब २ लाख ५० हजार खर्च हुने थापाले जानकारी दिए ।

    विजेता टीमलाई नगद रु. ३० हजार, उपविजेता टीमले नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए । त्यस्तै म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २ हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने मल्लिकले जानकारी दिए । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

    सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले विद्यालयस्तरका यस्ता खेलकुदले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादनमा टेवा पुग्ने बताइन् ।

    प्रतियोगितामा साई ग्लोबल स्कूल एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूल, होराइजन, बुद्धज्योति, नवज्योति, काशी नोबल, लुम्बिनी शिक्षा निकेतन, न्यू होराइजन, जेसिस, शनसाइन, शान्ति नमूना, देबदह बुद्ध, ग्रिनप्लान्ट गरी १३ विद्यालय सहभागी हुने संघका कोषाध्यक्ष निरज प्रताप खाँणले बताए । प्रतियोगिताको मुख्य प्रायोजक पर्वत ज्वेलर्स बैंकरोड, भैरहवा रहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij