images

शनिवार, बैशाख ८ गते २०८१

रुपन्देही डेरी व्यवसायी समितिको स्थापना दिवसमा रक्तदान

रुपन्देही डेरी व्यवसायी समितिको स्थापना दिवसमा रक्तदान

images
images
images
शुक्रवार, मंसिर १६ २०७९
शुक्रवार, मंसिर १६ २०७९
  • रुपन्देही डेरी व्यवसायी समितिको स्थापना दिवसमा रक्तदान

    बुटवल, १६ मंसिर ।
    १४ औं स्थापना दिवसको अवसरमा रुपन्देही डेरी व्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ । बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिको सह–आयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमकाबीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शुभारम्भ गर्दै सामाजिक कार्यमा बुटवलका व्यवसायिक संस्थाहरुको योगदान रहेको बताए । 

    images
    images
    images

    कार्यक्रममा समितिका अध्यक्ष अमृतसिंह भण्डारीले व्यवसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वमा समेत व्यवसायीहरुको योगदान रहेको बताए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले ब्लड बैकमा नियमित कार्यक्रम भए पनि रगतको अभाव रहेको बताए । रक्तदानप्रति अझै पनि मानिसहरुमा गलत सोचका हावी हुँदा दाता कम भएकाले अधिकांश समय रगतको अभाव देखिने गरेको उनले बताए । 

    कार्यक्रम संयोजक विष्णु पाण्डेले ५० युनिट रगत संकलन भएको बताए । समितिमा हाल ४ सय सदस्यहरु दुग्ध व्यवसायमा आबद्ध छन । कार्यक्रममा समितिका सल्लाहकार कृष्ण भट्टराई, महासचिव पदम पौडेलले रक्तदानको महत्व बुझाउने गरी कार्यक्रम गरिदै आएको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij