२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

विकास निर्माणमा नागरिकको सहयोग आवश्यक : सन्तोष पाण्डेय

शुक्रवार , मंसिर १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १६ मंसिर ।
    रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले विकास निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताएका छन् । उनले नागरिकको सल्लाह–सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित निबिहवा सिंचाई योजनाको शुक्रबार शिलान्यास गर्दै प्रदेशसभा सदस्य पाण्डेयले विकासका काममा नागरिकको सहभागीता अपरिहार्य भएको बताए । उनले भने, ‘एक्लो प्रयासले विकास निर्माणका कार्य सफल हुँदैन, सबैको साथ र सहयोग आवश्यक छ । ’

    नेता पाण्डेयले आफू लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा नै यो योजना ल्याएको बताए । उनले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याए पनि पछि कटौती गरिएको बताए ।

    जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भैरहवा, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेयले लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनको सरकार बन्ने दावी गरे । निबिहवा सिंचाई योजनाले कृषक लाभान्वित हुने उनले विश्वास व्यक्त गरे । 

    कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय लुम्बिनी प्रदेश जलश्रोत तथा सिंचाइ महाशाखा प्रमुख धु्रवराज पौडेल, निर्माण व्यवसायी नवराज श्रेष्ठ, जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय भैरहवा, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पौडेल, इञ्जिनियर रामविलास यादव, निबिहवा पानगोडा बाँध जल उपभोक्ता समिति, रुपन्देहीका अध्यक्ष राम सेवक चौधरी लगायतले बोल्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्नु आजको आवश्यकता रहेको बताए ।

    IMG_7832.JPG

    निबिहवा सिंचाई योजनाअन्तर्गत नहर संचरनाहरुको निर्माण हुनेछ । योजनाको निर्माण कम्पनी श्री जनसेवा कन्सट्रक्शन प्रा.लि. बुटवल–८, रुपन्देहीले जिम्मेवारी पाएको छ । २०७९ कात्तिक २८ गते भएका सम्झौता अनुसार रु. ३ करोड १३ लाख ६३ हजार ४ सय ३९ (भ्याटसहित) मा २०८१ वैशाख २८ गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

    आयोजनाको जम्मा अनुमानित रकम रु. ४ करोड ५४ लाख ६० हजार तथा जनश्रमदान रकम रु. १३ लाख ६७ हजार २ सय ५४ रहेको छ ।