२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

बिहिवार , मंसिर १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १४ मंसिर । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या विरोधमा अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस कमिटीले कालो ब्यानरसहित प्रर्दशन गरेको छ । 
    ४ मंसिर राति भएको हत्याको विरोधमा उनीहरूले आज प्रर्दशनी मार्गमा विरोध जुलुश निकालेका हुन् ।

    उनीहरूले ऐडीको हत्यारालाई सार्वजनिक गर्न तथा कार्वाहीको माग गरेका छन् । 

    ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानका दिन बाजुरामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ऐडीको घटनास्थलमै निधन भएको आराेप छ । न्युज कारखाना