२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

बिहिवार , मंसिर १५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • सुनसरी, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।  

    सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ४८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।

    मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी भएका हुन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।