२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : अर्थमन्त्री शर्मा

बिहिवार , मंसिर १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
     
    "हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन । जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,"  उनले भने । 

    उनले अर्थतन्त्रमा संकटमा नरहेको समेत दाबी गरेका छन् । यद्यपि केही चुनौती भने अझै बाँकी रहेको उनले उल्लेख गरे । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको बताए ।