२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

समानुपातिकतर्फ एमालेको अग्रता कायमै 

बुधवार , मंसिर १४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १४ मंसिर ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ ।

     गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ । 

    दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा  तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत पाएको छ । 

    पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले  ११ लाख चार हजार १६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।  

    यसैगरी जसपाले चार लाख आठ हजार ९६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार ९० हजार १९६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३७, लोसपाले ७३ हजार ८३३ मत पाएका छन् ।