२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै

मंगलवार , मंसिर १३, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १३ मंसिर । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

    निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ ।

    यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।