
मंगलवार , मंसिर १३, २०७९
भैरहवा, १३ मंसिर ।
‘सभ्य समाजको पहिचान लैगिक हिंसा विरुद्ध अभियान’ भन्ने नाराका साथ यस वर्षको लैगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा माइती नेपाल भैरहवाको आयोजनामा सोमबार घरेलु हिंसाविरुद्ध कानूनी विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर–६ किशोरपुरका ४१ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरण गरेकी थिइन् । उनले घरेलु हिंसा ऐन २०६६ का बारेमा कानूनी कुराका साथै कहाँ कसरी उजुरी दिन सकिन्छ भन्ने प्रक्रियाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा समूहकी अध्यक्ष शान्ता कंडेल, लाजिना देवकोटा, सविना भण्डारी, खिम कुमारी थापा लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij