२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

सुनसरी- १ मा जसपाका अशोक राई विजयी

सोमवार , मंसिर १२, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं। सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी १७ हजार ५९ मत ल्याएर निर्वाचित भएका हुन्। मत गणनामा सुरुदेखि नै पछि परेका राईले आइतबारदेखि भने अग्रता लिएका थिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा सफलता पाएका हुन्।

    घन्टी चुनाव चिन्हकी तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन्। सुनसरी १ मा जसपालाई एमालेले समर्थन गरेको थियो।