images

आइतवार, बैशाख २३ गते २०८१

निर्वाचनमा जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु : गृहमन्त्री खाँण

निर्वाचनमा जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु : गृहमन्त्री खाँण

images
images
images
आइतवार, मंसिर ११ २०७९
आइतवार, मंसिर ११ २०७९
  • निर्वाचनमा जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु : गृहमन्त्री खाँण

    भैरहवा, ११ मंसिर ।
    गृहमन्त्री तथा नेपाली कांग्रेसका बालकृष्ण खाँणले अब पाँचदलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । भैरहवामा आइतबार बिहान भएको पाँचदलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यहीअनुरुप अगाडि बढिने बताए । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाँणले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाँणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाँणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँचदलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’

    रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाँणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए । खाँण राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासँग पराजित भएका हुन् ।
    ‘निर्वाचनमा पराजयलाई सहजतापूर्वक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाँणले भने । आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाँणले बताए ।

    गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाँणले बताए ।

    जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मजबुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाँणले बताए । आफूले निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उनको भनाइ थियो । गठबन्धन नगरी मुलुकको राजनीति सम्हाल्न र मुलुकमा विकासको गति अगाडि बढाउन नसकिने उनको दावी थियो ।

    आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुन नदिने गृहमन्त्री खाँणको भनाइ थियो । आफू सरकारमा भए पनि नभए पनि गठबन्धनका पक्षमा रहने र सफल पार्न लागिरहने उनको भनाइ थियो । 

    बैठकमा बोल्ने अन्य नेताहरुले गठबन्धनमा रहेका दलहरुका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताएका थिए । 

    बैठकमा गठबन्धनकातर्फबाट उम्मेदवार भइ प्रदेश सभा ३ (१) मा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष कुमार पाण्डेयलाई गृहमन्त्री खाँणले सम्मान गरेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij