२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट निर्वाचित

आइतवार , मंसिर ११, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ११ मंसिर ।  एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

    सुनसरी २ बाट आचार्य 
    एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी २ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् । 

    नेता आचार्यले ३२ हजार आठ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याएका छन् ।