२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

रोहिणीमा स्थानीय विपद् व्यवस्थापन समिति पूनर्गठन र अभिमुखीकरण कार्यशाला

आइतवार , मंसिर ११, २०७९

भैरहवा, ११ मंसिर ।
रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिसेफ फिल्ड अफिस भैरहवाको सहयोगमा रोहिणी–३ स्थित धकधईमा शुक्रबार स्थानीय विपद् व्यवस्थापन समिति पूनर्गठन र अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । 

रोहिणी गाउँपालिकाभित्रको विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न समिति पुनर्गठन गर्ने निर्णय भएको गाउँपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनालले बताइन् ।

समितिको संयोजकमा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, सदस्यमा गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, विषयगत समितिका सदस्यहरु रोहिणी–१ का अध्यक्ष आविद अली पठान, २ का अध्यक्ष करम हुसेन खाँ, ३ का अध्यक्ष वीर बहादुर क्षेत्री, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी र ७ का अध्यक्ष अन्नान अहमद पठान रहेका छन् ।

त्यसै गरी सदस्यमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि, गाउँपालिकाका सामाजिक शाखा प्रमुख मधु प्रसाद घिमिरे, पूर्वाधार शाखा प्रमुख शशी कुमार चौधरी, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख माधव कुमार डाँगी, सशस्त्र प्रहरी प्रमुख वा प्रतिनिधि, नेकपा एमालेका गणेश यादव, नेपाली कांग्रेसका राजकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अमरनाथ त्रिपाठी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मनोज चौधरी, जनता समाजवादी पार्टी, नेपालका गया प्रसाद वर्मा र नेकपा (माओवादी केन्द्र)का कान्छा कोहार रहेका छन् ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनालले विपद् व्यस्थापनलाई प्रभावकारी बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताइन् । उनले एक्लो प्रयासले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने बताइन् । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहजकर्ता अमृता अधिकारीले सहजीकरण गरेकी थिइन् ।