२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे

आइतवार , मंसिर ११, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, ११ मंसिर ।

    अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् ।

    प्रत्यक्षतर्फ प्रतिनिधीसभामा नेकपा एमालेका टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले  २६ मत प्राप्त गरेका छन् ।

    प्रदेशसभा क मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५ सय २५ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न ह्वीलचेयर लिएका स्वतन्त्र उम्मेदवार विक्रम खनालले २५ मत प्राप्त गरेका छन् ।

    प्रदेश सभा ख मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका रामजीप्रसाद घिमिरे २२ हजार ७ सय ८९ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न स्कुटर लिएका स्वतन्त्र उम्मेदवार खेतुलाल उपाध्यायले २९ मत प्राप्त गरेका छन् ।