images

आइतवार, बैशाख २३ गते २०८१

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

images
images
images
आइतवार, मंसिर ११ २०७९
आइतवार, मंसिर ११ २०७९
  • जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

    भैरहवा, ११ मंसिर ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए । उनले भने, राजीनामा दिएर पदमा नरहे पनि अविचलित रुपमा पार्टीले सुम्पेको जुनसुकै जिम्मेवारी पुरा गर्नेछु ।’ 

    images
    images
    images

    पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष समेत हुन् । तीनदलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँचदलीय गठबन्धनकोतर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजयी भएका छन् ।

    रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा भने पाँचदलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा निर्वाचित भएका छन् । त्यस्तै रुपन्देही–३ (२) मा नेकपा एमालेका उम्मेदवार तुल्सी प्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई पराजित गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij