२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही– ३ (२) : एमालेका चौधरी विजयी

आइतवार , मंसिर ११, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ११ मंसिर । 
    रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार तुलसी प्रसाद चौधरी विजयी भएका छन् । चौधरीले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतान्तरले पराजित गरेका हुन् । ढकाल कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति समेत हुन् । प्रदेशसभामा निर्वाचित चौधरीले १६ हजार ३९४ प्राप्त गर्दा काँग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए । 

    त्यस्तै नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चौधरीले ५ हजार ९७८ मत पाएकी छन् । त्यसै गरी हाम्रो नेपाली पार्टीका खड्क बहादुर रानाले ३ हजार ७३३ मत प्राप्त गरेका छन् ।

    एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका चौधरी २०७४ सालमा पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।