images

मंगलवार, बैशाख ११ गते २०८१

चेम्बर अफ कमर्स, रुपन्देहीको वार्षिक कार्ययोजना बैठक–२०७९ सम्पन्न

चेम्बर अफ कमर्स, रुपन्देहीको वार्षिक कार्ययोजना बैठक–२०७९ सम्पन्न

वार्षिक रुपमा गर्ने कार्यक्रम तय गर्नुका साथै कार्यक्रम सफल पार्ने योजना

images
images
images
आइतवार, मंसिर ११ २०७९
आइतवार, मंसिर ११ २०७९
  • चेम्बर अफ कमर्स, रुपन्देहीको वार्षिक कार्ययोजना बैठक–२०७९ सम्पन्न

    भैरहवा, ११ मंसिर ।
    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, सिद्धार्थनगर–९ उदयपुर, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक–२०७९ शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित चन्द्रौटामा सम्पन्न भएको छ । सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा सम्पन्न बैठकले संगठनले वार्षिक रुपमा गर्ने कार्यक्रम तय गर्नुका साथै कार्यक्रम सफल पार्न योजना बनाएको छ ।

    images

    वार्षिक कार्ययोजना बैठकले ३८ वटा कार्यक्रम गर्ने निर्णय गरेको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । जसअन्तर्गत बैठकले उद्योग व्यापार कृषि तथा पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमण, सम्बन्धित संघ–संस्था, सरकार र स्थानीय तहमा जिजी क्षेत्रको तर्फदेखि सल्लाह–सुझाव, ठूला ठूला राष्ट्रिय गौरवका आयोजनामा प्रभाव पार्ने कार्यक्रमको आयोजना, सडक खाना महोत्सव, भैरहवा मण्डपको लागि पहल, सम्पूर्ण उपसमितिको मुल्यांकन, दर्ता नविकरण (आजीवन, एसोसियट र वस्तुगत), उद्योग÷व्यापार सम्बन्धी अन्तरक्रिया, दर्ता नविकरण र अन्य सबै उपसमिति परिचालन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै बैठकले संगठनको भवन निर्माणका साथै आजीवन सदस्यहरुको सहयोग रकम शिलालेखमा नाम लेख्ने, आर्थिक वृद्धि योजना ल्याउने, शिक्षासम्बन्धी छलफल, सूचना तथा सञ्चारसम्बन्धी समन्वय, नेतृत्व विकास तथा अभिमुखीकरण तालिम, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम, व्यवस्थापकीय तथा लेखा तालिम, कर शिक्षासम्बन्धी अन्तरक्रिया, महिला उद्यमी तालिम, कृषिसम्बन्धी छलफल तथा अन्तरक्रिया, युवा परिचालन तथा खेलकुद कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

    त्यसै गरी शुभकामना आदानप्रदान, मर्चवार, सियारी र लुम्बिनी शाखाको सम्पर्क कार्यालय व्यवस्थापन र दर्ता नविकरण, बजार अनुगमन तथा सचेतना, संघ–संस्थासँग सम्बन्ध विस्तार, स्मारिका प्रकाशन, २०८० सालको क्यालेण्डर प्रकाशन, उद्योगी–व्यवसायीको समस्याहरुको बारेमा टिपोट गरी प्रतिवेदन बुझाउने, सीमामा परेको समस्याको बारेमा सहजीकरण र होलि मिलन कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

    संगठनले विभिन्न सामाजिक कार्यहरु समेत गर्ने निर्णय गरेको महासचिव सचिन रोक्काले बताए । जसअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान, वृहत नगर सरसफाई तथा सचेतना, वृक्षारोपण तथा संरक्षण, भैपरी आउने प्रकोपमा राहत संकलन र वितरणको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्नका लागि जिम्मेवारी समेत बांडफांड गरेको संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले जानकारी दिए ।
    संगठनको २०७८ कात्तिक १२ देखि १४ गतेसम्म बर्दियाको ठाकुरद्वारामा सम्पन्न वार्षिक कार्ययोजना बैठकले उपसमिति, क्षेत्रगत उपसमिति र शाखा कार्यालय गठन गरेकोमा त्यस उपसमितिलाई विस्तार गरिएको उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । 

    बैठकले उत्पत्तिको प्रमाणपत्रका लागि संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको रेग्मीले जानकारी दिए ।

    बैठकमा संगठनका कोषाध्यक्ष राममिलन यादवले आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय विवरण तथा २०७९/०८० अन्तर्गत साउन, भदौ, असोज र कात्तिक महिनाको आय व्यव विवरण प्रस्तुत गरेका थिए । 
    बैठकमा बोल्दै संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीको हकहितमा संगठन निरन्तर लागिपरेको बताए । उनले संगठनले भैरहवा मण्डप निर्माण गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाइरहेको बताए । संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले स्वदेशी बजारको प्रबद्र्धन गर्न सीमा नाकामा कडाइ गर्नुपर्ने बताए । उनले चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी मर्कामा परेकाले यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

    संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) उचाईमा पुगेको बताए । उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बढ्दो बैंक ब्याजदरविरुद्ध अब राजधानी केन्द्रीत आन्दोलन गर्नुपर्ने बताए ।

    संगठनका सल्लाहकार दीपक बहादुर कुंवरले उद्योगी व्यवसायीको मन–मष्तिष्कमा संगठन बसिसकेको बताए ।
    कार्यक्रममा संगठनका सचिव टीकाराम भट्टराई, सल्लाहकार चन्द्रमणि अधिकारी, उषाकिरण गुरुङ, आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपाने, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य धिरज कुमार मल्लिक, गौतम कुमार गुप्ता, कृष्ण पाण्डे, लक्ष्मी अधिकारी, लुम्बिनी शाखा अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल), होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे लगायतले बोल्दै उद्योगी व्यवसायीको हकहितमा संगठन निरन्तर लागेको बताए ।

    IMG_7274.JPG

    संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij