२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

रुपन्देही-२ मा मतगणना स्थगित, एमालेबाहेकका दलका प्रतिनिधिद्वारा गणना बहिस्कार

शुक्रवार , मंसिर ९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हाे।

    बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदबीर नेपालीले बताएका छन् । मतपेटिकामा मुचुल्कामा भन्त्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतगणना स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए।

    उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिले सम्म सुरु भएको छैन । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे ।

    उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएर सर्वदलिय बैठक बसाएक छन् । उनका अनुसार बैठक पछि मतगणना सुचारु हुने बताए । यहाँ नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिएका छन। अब करिब १० हजार मतको परिणाम आउन बाकी छ।