
शुक्रवार , मंसिर ९, २०७९
रुपन्देही, ९ मंसिर ।
गएराति २ बजेदेखि स्थगित भएको रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनामा पुनः सुचारु भएको छ । । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले छलफलपछि बिहान ४ बजेदेखि मतगणना पुनः सुचारु भएको बताए । अहिले सियारी गाउँपालिका वडा नम्बर ६ र ७ को मतगणना भइरहेको उनले जानकारी दिए ।
नेकपा एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार रहेका दीपक बोहरा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोसपा, राष्ट्रिय जनमोर्चाकोतर्फबाट उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण भन्दा ३७३ मतले अग्रता लिएपछि कांग्रेस प्रतिनिधिले विवाद सिर्जना गरेको एमाले नगर अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए ।
राप्रपा नेता दीपक बोहराले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवरोध गरेको एमाले, राप्रपा र जसपा नेताहरुको भनाइ छ । कांग्रेस प्रतिनिधिले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा जितेका वडामा पनि हलोमा कसरी मत गयो भन्दै विवाद सृजना गरेको राप्रपा रुपन्देहीका जिल्ला सचिव बलराम शर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij