
शुक्रवार , मंसिर ९, २०७९
भैरहवा, ९ मंसिर ।
लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुबीच छलफल गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञहरुसँग छलफल गरिएको हो ।
मायादेवी मन्दिर, बुद्ध जन्मस्थल क्षेत्रमा रहेका मार्कन स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्विक अवशेषहरुको अवस्था र दीगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । उनकाअनुसार मायादेवी मन्दिर र बुद्ध जन्मस्थलको संरक्षणबारे विज्ञहरुले महत्वपूर्ण सुझाव सहितको प्रस्तुती राखेका छन् ।
उक्त अवसरमा जावरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन पी आउजा, संरक्षण विज्ञ मुसि, दुर्हम विश्वविद्यालय बेलायतका पुरातत्व सल्लाहकार प्रोफेसर रविन कनिङघमले प्रस्तुती राखेका थिए ।
छलफलमा विषयवस्तुमाथि विश्व सम्पदाका विज्ञ काई वेइस, विज्ञहरु प्राध्यापक प्रेमनाथ मास्के, विज्ञ डा. विजयमान शाक्य, यूनेस्को नेपालका प्रतिनिधि मिचल कार्फटले टिप्पणी गरेका थिए । मायादेवी मन्दिर र बुद्ध जन्मस्थलमा केही वर्षदेखि पुरातात्व अवशेष संरक्षणमा चुनौती थपिएकाले यो छलफल गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश सुरेश श्रेष्ठ, पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले लुम्बिनीका पुरातात्वहरुको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
विज्ञसहितको प्राविधिक पक्षबारे गरिएको उक्त छलफलपछि मायादेवी मन्दिर र बुद्ध जन्मथस्ल क्षेत्रको भग्नावेष पुरातात्वको संरक्षणको नयाँ योजना बन्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij