images

शुक्रवार, बैशाख ७ गते २०८१

पशुपति कलेजको १७ औं वार्षिकोत्सव मंसिर १६ गते

पशुपति कलेजको १७ औं वार्षिकोत्सव मंसिर १६ गते

images
images
images
शुक्रवार, मंसिर ९ २०७९
शुक्रवार, मंसिर ९ २०७९
  • पशुपति कलेजको १७ औं वार्षिकोत्सव मंसिर १६ गते

    भैरहवा, ९ मंसिर ।
    पशुपति कलेजको १७ औं वार्षिकोत्सव तथा अभिभावक भेला हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ बोहियामा रहेको कलेजले मंसिर १६ गते क्याम्पस प्राङ्गणमा कार्यक्रम गर्न लागेको हो ।

    images
    images
    images

    रुपन्देहीको दुई व्यस्त बजार भैरहवा र बुटवलको बीचमा रहेको पशुपति कलेजलाई थप नयाँ शैक्षिक योजनाका साथ अगाडि बढाउन वार्षिकोत्सवसँग अभिभावक भेला कार्यक्रम गरिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले बताए । पशुपति कलेजमा शिक्षा क्षेत्रमा धेरै सम्भावना रहेकोले नयाँ ढंगबाट अगाडि बढ्न अभिभावकको महत्वपूर्ण सुझाव हुने भएकोले क्याम्पसले गर्दै आएका गतिविधि र प्रगति विवरण कार्यक्रममार्फत जानकारी गराउने उद्देश्य रहेको सहायक क्याम्पस प्रमुख जितबहादुर राजकोटीले बताए ।

    कलेजले स्थापना कालदेखि नै समयसमयमा भेला, गोष्ठी र सेमिनार गर्दै कलेजलाई प्रतिष्पर्धात्मक ढंगले अगाडि बढाउनका लागि यस वर्ष पनि निरन्तरता दिँदै विविध कार्यक्रमसहित वार्षिकोत्सव कार्यक्रम गर्न लागेको शिक्षा संकाय प्रमुख नारायण प्रसाद ज्ञवालीले बताए । 

    कलेजमा अध्ययनरत विद्यार्थीको मनोभावनालाई उच्च राख्न भूपू विद्यार्थीको उर्जा महत्वपूर्ण हुने भएकोले सप्ताहव्यापी कार्यक्रममा भूपू विद्यार्थी भेला गर्न लागेको व्यवस्थापन संकाय प्रमुख  खेमानन्द चापागाईंले बताए । 

    वार्षिकोत्सवको अवसरमा क्याम्पसमा अध्ययनरत विद्याथीहरुबीच मंसिर ९ गते  टपरी खुट्ने तथा बत्ति कात्ने प्रतियोगिता, १० गते भूपू विद्यार्थी भेला तथा रक्तदान र छात्रवृत्ति वितरण, ११ गते कविता वाचन प्रतियोगिता, स्लो साइकल दौड प्रतियोगिता, १२ गते हाजिरीजवाफ प्रतियोगिता, १३ गते वक्तृत्वकला र भलिबल प्रतियोगिता, १४ गते कुर्ची दौड, १५ गते निबन्ध प्रतियोगिता र सटफुट प्रतियोगिता कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार उपसमिति संयोजक तथा सहायक प्राध्यापक पुनहरि बेल्बासेले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij