images

मंगलवार, बैशाख ११ गते २०८१

रुपन्देही ३ मा कांग्रेस प्रतिनिधिले अबरोध गरेपछि मतगणना स्थगित : एमाले, राप्रपा, जसपा

रुपन्देही ३ मा कांग्रेस प्रतिनिधिले अबरोध गरेपछि मतगणना स्थगित : एमाले, राप्रपा, जसपा

images
images
images
शुक्रवार, मंसिर ९ २०७९
शुक्रवार, मंसिर ९ २०७९
  • रुपन्देही ३ मा कांग्रेस प्रतिनिधिले अबरोध गरेपछि मतगणना स्थगित : एमाले, राप्रपा, जसपा

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ काे मतगणनामा राप्रपा नेता दिपक बाेहराले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवराेध सृजना गरेकाे बताइएकाे छ। नेपाली कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवराेध सृजना गरेका एमाले, राप्रपा, जसपाका नेताहरुले बताएका छन् ।

    images

    एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार रहेका बाेहरा कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादि , लाेसपाकाे उम्मेद्वार तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाण भन्दा ३७३ मतले अग्रता लिएपछि कांग्रेस प्रतिनिधिले विवाद सृजना गरेका एमाले नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए। 

    कांग्रेस प्रतिनिधिले आफ्नाे पार्टिले स्थानिय निर्वाचनमा जितेका वडामा पनि हलाेमा कसरी मत गयाे भन्दै विवाद सृजना गर्ने गरेकाे राप्रपाका जिल्ला सचिव बलराम शर्माले उल्लेख गरे ।

    पछिल्लो पटक सार्वजनिक भएको मतपरिणम अनुसार राप्रपाका नेता दिपक बोहरा अगाडि बढेका छन् । उनले २५३५० मत ल्याएका छन् भने गृहमन्त्री बालकृष्ण खांणले २४९८१ मत ल्याएका छन् । मत परिणाम अनुसार खाण भन्दा बोहरा ३६९ मतले अगाडि छन् । 

    रुपन्देही ३ मा मतगणना भईरहदा कांग्रेसका उम्मेद्वार गृहमन्त्री खाण पछाडि पर्न थालेपछि बिबाद हुनेगरेकाे उनीहरुकाे भनाइ छ । बुधबार राति नेपाल प्रहरिका एकजना अधिकृतले गणना स्थलमा निर्वाचन आचरसंहिता बिपरित काम गरेकाे भन्दै राप्रपा, एमाले, जसपा र स्वतन्त्र लगायतले विराेध गरेका थिए । त्यसपछि गणना स्थलमा सशस्त्र प्रहरिले सुरक्षा हेर्दै आएकाे छ ।

    अहिले २ बजेदेखि गणना राेकिएकाे छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम काेईरालाले उम्मेदवारका प्रतिनिधिसँग विवाद समाधान गर्न छलफल गरिरहेकाे बताएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij