२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

रुपन्देही १ (२) मा काँग्रेसका अब्दुल रज्जाक विजयी

शुक्रवार , मंसिर ९, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ (२) मा नेपाली काँग्रेसका अब्दुल रज्जाक विजयी भएका छन्। उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्।

    निर्वाचन अधिकृतको कार्यकायका अनुसार  रज्जाकले ८२९ मतले न्यौपानेलाइ पराजित गर्दै लुम्बिनी प्रदेशसभा   सदस्यमा निर्वाचित भएका हुन्। काँग्रेसका रज्जाकले १२ हजार १२१ मत प्राप्त गर्दा  निकटतम प्रतिद्वन्द्वी एमालेका न्यौपानेले ११ हजार २९५ मत प्राप्त गरे।

    सहायक निर्वाचन अधिकृत सिता घिमिरेले मत गणना सकिए पनि औपाचारीक रूपमा घोषणा गर्न बाँकी रहेको बताइन्। रज्जाक नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री हुन्।