२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

शशांक कोइराला लगातार चौथोपटक सांसद निर्वाचित

बिहिवार , मंसिर ८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथोपटकका लागि उम्मेदवार बनेका कोइराला एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

    कोइरालाले २७,१२७ र पौडेलले २३,३०१ मत ल्याए । यसअघि पनि दुवैजना प्रतिस्पर्धी थिए । २०६४ देखि अहिलेसम्म कोइराला लगातार सांसद जित्दै आएका छन् ।