२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित

बिहिवार , मंसिर ८, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • दाङ, ८ मंसिर । दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

    उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । 

    जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।