रुपन्देही, ८ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिए । यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।