२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रूपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डेय विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ८ मंसिर ।
    रूपन्देही क्षेत्र नम्बर ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता सन्तोष कुमार पाण्डेय विजयी भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेयले १४ हजार ९२८ मत ल्याउदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । तीनदलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) का महेन्द्र यादवलाई पराजित गर्दै पाण्डेयले दोस्रोपटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका हुन् ।

    यादवले १० हजार ७ सय ९७ मत ल्याउन सफल भए । हाम्रो नेपाली पार्टी (लौरो अभियान) का गोपाल भण्डारीले ५ हजार ४६२ मत ल्याई तेस्रो स्थानमा रहन सफल भए । 

    ३८ वर्षिय पाण्डेय २०७४ मा पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । आम मतदातामाझ लोकप्रिय पाण्डेय यस अघि लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।