२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

माओवादी महासचिवलाई हराउँदै एमाले उपमहासचिव विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • लमजुङ, ८ मंसिर ।
    नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन्  । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतान्तरले पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । विजयी गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी देवप्रसाद गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन्।   

    जिल्लामा कूल एक लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ । न्युज कारखाना