२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्युठानमा एमालेका सूर्य थापा विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा। एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् ।

    थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन् ।