२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रूपन्देही-५ मा एमालेका घिमिरे विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ८ मंसिर  । 
    रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरत कुमार शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन् । 

    घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याएका छन् भने उनका  प्रतिस्पर्धी शाहले २७ हजार १ सय २० मत प्राप्त गरे । यसअघि उक्त क्षेत्रमा कांग्रेसका शाहले जित्दै आएका थिए । एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । तिलाेत्तमा नगरपालिकाकाे मेयर भएर उनले राम्रो काम गरेका थिए ।

    १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।