२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

गुल्मी २ (क) मा एमालेका भुसाल विजयी

बुधवार , मंसिर ७, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल,७ मंसिर ।

    गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् ।

    भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल ०७४ मा रेसुंगा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । न्युज कारखाना