images
images

आइतवार, जेठ ६ गते २०८१

रुपन्देही–४ बाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला विजयी 

रुपन्देही–४ बाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला विजयी 

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • रुपन्देही–४ बाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला विजयी 

    भैरहवा, ७ मंसिर । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

    images
    images
    images

    ५ हजार २ सय ९६ मतान्तरले नेपाली कांग्रेसका प्रमोद कुमार यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याए ।  शुक्ला विजयी भए पनि निर्वाचन कार्यालयले अझै घोषणा गरेको छैन ।

    २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका यादवले शुक्लालाई पराजित गरेका थिए । अहिले शुक्लाले यादवलाई पराजित गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ मत खसेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij