images
images

आइतवार, जेठ ६ गते २०८१

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

    महोत्तरी, ६ मंसिर । महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन् ।

    images
    images
    images

    त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् । सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जन्ता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन् ।

    अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उक्त मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखिएको थियो । संचारकर्मीलाई निर्वाचन आयोगले फोटो खिच्न भने दिएन ।

    पत्रमा लेखिएको जस्ताको तस्तै यस्तो छ ।

    यस क्षेत्रमा उम्मेदवारी दिएका सवै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् । म त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्‍यो । भनेर म आम नागरिकवाट यश पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछौं । न्युज कारखाना 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij