२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अर्घाखाँची मतगणना : टाेपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा

बुधवार , मंसिर ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, ७ मंसिर ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टाेपबहादुर रायमाझीले आफ्नाे अग्रता कायमै राखेका छन् । 

    ६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । रायमाझी र भुसालबीच दुई हजार ४१ मतकाे अन्तर छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका हरिप्रसाद भुसालले २२०१ मत ल्याएका छन् । करिब ३० हजार मत गन्न बाँकी छ ।