images

शनिवार, बैशाख २२ गते २०८१

गुल्मी-१ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

गुल्मी-१ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • गुल्मी-१ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता
    फाइल तस्विर

    बुटवल, ७ मंसिर ।

    images
    images
    images

    गुल्मी-१ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । ५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् । 

    प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि  मतगणना गर्न सुरू गरिएको हो ।

    प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ । गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन् । ७० हजार ६ सय मत खसेको थियो । न्युज कारखाना

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij