२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी-२ मा गोकर्ण विष्टको ह्याट्रिक

बुधवार , मंसिर ७, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ७ मंसिर ।

    गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

    बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

    बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

    बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।