२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

गुल्मी-१ को मतगणना बिहान ११ बजेदेखि हुने

बुधवार , मंसिर ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ को मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा बिहान बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

    गुल्मी १ अन्तर्गत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएको हो ।

    मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षको मतपत्र दिएपछि मतदान स्थगित भएको थियो ।