२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

डडेलधुरामा देउवा निर्वाचित हुँदा सागरले पाए १३ हजार मत

बुधवार , मंसिर ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ७ मंसिर । 
    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौंपटक सांसद् चुनिएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे । उनले ७ हजार ५ सय ३५ मत पाएका छन् ।